टिभिएसको 'दसैं आशा योजना' अन्तर्गत पाँचौ हप्ताका विजेता रत्नेश कुमार कर्ण बनेका छन्। उनले टिभिएसको जनकपुर सोरुमबाट स्ट्राइकर मोटरसाइकल किनेका थिए। विजेता बनेका उनले टिभिएसको सबभन्दा महँगो मोटरसाइकल अपाचे आरआर-३१० उपहार स्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ।
बिहीबार लाइभ कार्यक्रम प्रसारण गरी नेपाल आइडल सिजन-२ विजेता रवि ओडले एक कार्यक्रमका बीच उक्त घोषणा गरेका हुन्। उनले सप्तरङ कार्यक्रममार्फत टिभिएससँग जोडिएको र यो ब्रान्डप्रतिको विश्वसनियता बढेको बताए।
सो अवसरमा रवि ओडले रत्नेश कुमार कर्णलाई अब स्ट्राइकर नचढेर अपाचे आरआर-३१० बाइक चढ्न पाउने र यसको विश्वसनियताका लागि एभिन्युज टेलिभिजन हेर्न टेलिफोन कलमार्फत सुझाव दिए। उनले जनकपुर सोरुमबाट फोन आयो भने अझ विश्वसनियता बढ्ने बताएको कम्पनीले जानकारी दिएको छ।
रत्नेश टिभिएस दसैंको योजना अन्तर्गत हरेक हप्ता एभिन्युज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्ष प्रशारण मार्फत गरिने गोलाप्रथाबाट विजेता बन्न सफल भएका हुन्।
विजेता घोषणा अवसरमा जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले १०० देखि ३१० सिसी सम्मका टिभिएसका सबै बाइक बजारमा उपलब्ध भएको बताए।
उनका अनुसार यो योजनामा सहभागी हुन टिभिएस बाइक किनेकै हुनुपर्ने भन्ने छैन। हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहनेले https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्नेछ। जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् र आरआर-३१० जित्ने अवसर पाउने छन्।
बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु भएको कम्पनीको भनाइ छ।
साथै टिभिएसको योजना अन्तर्गत कुनै पनि मोटरसाइकल किन्दा ९ हजार र स्कुटरमा ७ हजार छुट प्राप्त गर्न सकिनेछ। त्यसैगरी ५० प्रतिशत डाउनपेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर किन्दा ब्याजदर शून्य प्रतिशत मात्रै हुनेछ। यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छान्न पाउने सुविधा कम्पनीले दिएको छ।
नेपालमा जगदम्बा मोटर्स प्रालिले टिभिएसका बाइक वा स्कुटर आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ।