टिभिएसका मोटरसाइकल र स्कुटर नेपालमा निकै चर्चित छन्। विशेषत नेपालमा अपाचे सिरिज र स्कुटरमा एनटर्क धेरै चर्चित छ।
नेपालमा टिभिएस जगदम्बा मोटर्सले बिक्री वितरण गर्दै आइरहेको छ। कम्पनीले ग्राहकको सुविधाको लागि किस्तामा मोटरसाइकल किन्न बेला–बेलामा विभिन्न नयाँ योजना ल्याउने गरेको छ।
हाल कम्पनीले २० प्रतिशत, ४० प्रतिशत र ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सकिने योजना ल्याएको छ।
२० प्रतिशत रकम डाउन पेमेन्ट गरेर खरिद गर्दा १६ प्रतिशत ब्याज लाग्ने छ भने किस्ता तिर्ने अवधि ३ वर्षको हुनेछ।
त्यस्तै ४० र ५० प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्दा ब्याज लाग्दैन तर किस्ता तिर्ने अवधि १८ महिनाको मात्र हुने जगदम्बा मोटर्स बाग्मतीका क्षेत्रिय प्रवन्ध निर्देशक बिवेक सिङ्घलले जानकारी दिए।
के–के चाहिन्छ कागज पत्र?
खरिदकर्ताले काठमाडौंमा घर भएको एक जना जमानि लैजानु पर्ने छ। सो घरधनीको पानी वा बिजुलीको बिल, नागरिकताको फोटोकपी र २ वटा फोटो चाहिने छ।
त्यस्तै सवारी साधन खरिद गर्ने व्यक्तिको म्याद ननाघेको लाइसेन्सको फोटोकपी, नागरिकताको फोटोकपी, आयश्रोतको प्रमाण, र २ वटा फोटो लैजानु पर्नेछ।
यी सबै कागजपत्र बोकेर शोरुम गए ३० मिनेटमा ग्राहकले मोटरसाइकल वा स्कुटर लिएरै घर जानसक्ने सिङ्घलले जानकारी दिए।