यामाहाले युरोपियन बजारमा २०२१ मोडलको एमटी–०७ सार्वजनिक गरेको छ।
यसमा नयाँ प्रकारको एलइडी लाइट प्रयोग गरिएको छ। यसको फ्यूल ट्याङ्क नयाँ डिजाइनमा बनाइएको छ भने हल्का माथी उठाइएको छ।
एमटी–०७ सिट पोजिसन पुरानै मोडलको जस्तै छ। ह्याण्डिल फराकिलो र चालकमैत्री रहेको भारतीय संचार माध्यम कार एण्ड बाइकले जनाएको छ।
६८९ सिसी, क्रस प्यानल टेक्नोलोजी सिपी२ इन्जिनको यो मोटरसाइकलले ९ हजार आरपिएममा ७२.८ विपिएच पावर र ६ हजार ५ सय आरपिएममा ६७ एनएम टर्क जेनेरेट गर्छ।