नेपाली बजारमा प्रोटोनको गाडी भित्रिदै छ। यसका लागि काठमाडौंको गैरीधारामा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सोरुम संचालनमा ल्याउने तयारी छ।
शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रोटोनका गाडीको आधिकारिक वितरक नियुक्त भएको छ। जगदम्बा मोटर्सले प्रोटोनको सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने छ।
तिहार तथा छठपछि उक्त सोरुम संचालनमा ल्याइने कम्पनीको योजना छ।
कम्पनीकाअनुसार यो सोरुम अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण भएको छ।
नेपाली बजारमा प्रोटोनको पहिलो उपहारको रुपमा प्रोटोन सागा सेडान उपलब्ध हुनेछ। त्यसपछि अन्य मोडलका सवारी साधन समेत विस्तारै उपलब्ध हुँदै जाने कम्पनीले बतायो।
प्रोटोन मलेसियाको प्रतिष्ठित अटोमोबाइल कम्पनी हो।