भारतीय बजारमा भित्रिएको एक महिनामै एमजी ग्लस्टरको मूल्य आकासिएको छ। यो एसयूभीको मूल्य २० हजार देखि १ लाखसम्म बढेको भारतीय संचार माध्यम दैनिक भास्करले लेखेकाे छ।
कम्पनीले यो गाडी भारतमा सेप्टेम्बर २४ मा सार्वजनिक गरेको थियो भने अक्टोबर ८ मा मात्रै मूल्य सार्वजनिक गरेको थियो।
पहिले यो एसयूभीको मूल्य २८ लाख ९८ हजार देखि ३५ लाख ३८ हजार भारु सम्म कायम गरिएकोमा अहिले २९ लाख ९८ हजार देखि ३५ लाख ५८ हजारसम्म निर्धारण गरिएकाे छ।
कम्पनीले सिङ्गल टर्बो डिजेल इन्जिनमा २ वटा र ट्विन टर्बो डिजेल इन्जिनमा ३ वटा गरी कुल ५ वटा भेरिएन्टका ग्लस्टर बजारमा ल्याएको छ।
सिङ्गल टर्बो डिजेल इन्जिनले १६३ पिएस पावर र ३७५ एनएम टर्क जेनेरेट गर्छ भने ट्विन टर्बो डिजेल इन्जिन भेरिएन्टले २१८ पिएस पावर र ३७५ एनएम टर्क जेनेरेट गर्छ।
यसमा ७ वटा राइडिङ मोड छन् भने ४ ह्विल ड्राइभ पनि दिइएको छ। २ लिटरको ४ सिलिन्डर ट्विन टर्बो डिजेल इन्जिन दिइएको याे गाडीले २१५ पिएस पावर र ४८० एनएम टर्क जेनेरेट गर्छ।
यसमा १२.३ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ। जसमा ७० भन्दा धेरै कार कनेक्टेड फिचर्स समावेश छन्।
त्यसैगरी, १२ वटा स्पिकर भएको म्यूजिक सिस्टम, ८ इन्चको डिजी एनालग ड्राइभर डिस्प्ले, वायरलेस चार्जिङ लगायतका फिचर्स समावेश छन्।
त्यसैगरी, यो एसयूभीमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम राखिएको छ। त्यस्तै क्रुज कन्ट्रोल, लेन डिर्पाचर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, अटोमेटिक पार्किङ असिस्ट लगायतका फिचर्स छन्।
भेरिएन्ट | नयाँ मूल्य(भारू) | पुरानो मूल्य(भारू) |
सुपर ७ सिटर | २९,९८,००० | २८,९८,००० |
स्मार्ट ६ सिटर | ३१,४८,००० | ३०,९८,००० |
सार्प ६ सिटर | ३४,२८,००० | ३३,९८,००० |
सार्प ७ सिटर | ३३,९८,००० | ३३,६८,००० |
स्याब्बी ६ सिटर | ३५,५८,००० | ३५,३८,००० |