रोयल इन्फिल्ड मोटरसाइकल नेपालमा निकै चर्चित छ। विशेषत प्रिमियम मोटरसाइकल मनपराउनेको रोजाइमा रोयल इन्फिल्ड पर्ने गरेको छ।
नेपालमा यसको लोकप्रियता यति छ की बुलेटका नाममा केही क्लब समेत बनेका छन्।
रोयल इन्फिल्डले पनि आफ्ना ग्राहकहरुलाई लक्षित विभिन्न मोडलहरु निकालिरहेको छ।
गत महिना भारतमा मेटियोर ३५० सार्वजनिक गर्दा कम्पनीले लगातार २८ वटा मोडलको मोटरसाइकल बजारमा ल्याउने घोषणा गरेको थियो। कम्पनीले प्रत्येक ४ महिनामा एउटा मोडल सार्वजनिक गर्नेछ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाउन नयाँ–नयाँ मोडल सार्वजनिक गर्न लागिएको कम्पनीका सिइओ विनोद दुसारीले बताए।
यस्तो छ रोयल इन्फिल्डका मोटरसाइकलको मूल्यः–
मोडल | मूल्य |
बुलेट इलेक्ट्रा ३५० | ४ लाख ६७ हजार |
बुलेट इलेक्ट्रा ३५० (एबिएस) | ५ लाख ६० हजार |
क्लासिक ३५० | ५ लाख १५ हजार |
क्लासिक ३५०(एबिएस) | ६ लाख |
थन्डरबर्ड ‘एक्स’ ३५० | ५ लाख ९५ हजार |
थन्डरबर्ड ‘एक्स’ ३५० (एबिएस) | ६ लाख ७० हजार |
हिमालयन | ८ लाख ९८ हजार |
इन्टरसेप्टर ६५० | १२ लाख ४९ हजार |