बिएमडब्लुले आफूले ‘बुमर’ शब्द प्रयोग गरेकोमा माफि मागेको छ।
उक्त कम्पनीले नयाँ मोडल ‘आइएक्स’ गाडी सार्वजनिक गरेसँगै ट्वीटरमा ‘बुमर’ शब्द प्रयोग गरेर क्याप्सन लेखेको थियो। क्याप्सनमा भनिएको छ ‘ओके बुमर, वाट्स योर रिजन नट टु चेन्ज?’ अर्थात्, ठिकै छ बुमर, नयाँ परिवर्तन नगर्नुको कारण के हो?
हिन्दुस्तान अटोका अनुसार बुमर शब्द एक 'मिम स्ल्याग' हो। जसले जेष्ठ नागरिक र कुनै पनि कुरामा इच्छा नदेखाउने, समायोजन हुन नसक्ने मानिसलाई गरिने सम्बोधन बुझाउँछ।
उक्त शब्द प्रयोग भएलगत्तै ती वर्गको व्यक्तिहरुलाई मानसिक रुपमा बिएमडब्लुले आक्रमण गरेको आलोचना भएको थियो।
बिएमडब्लु जस्तो प्रतिष्ठित कम्पनीले यस्तो अपमानजनक शब्द प्रयोग गरेको भन्दै आलोचकहरुले आपत्ति जनाएका थए।
धेरै नै आलोचना भएपछि बिएमडब्लुले यस विषयमा माफी मागेको हो।
आइएक्स मोडलबारे उक्त कम्पनीले नोभेम्बर १५मा पोष्ट गरेको थियो। 'बुमर' शब्दको प्रयोग गरेर कुनै पनि वर्गका व्यक्तिलाई मानसिक चोट पुर्याउने मनसाय नभएको भन्दै बिएमडब्लु नोभेम्बर १८मा माफी मागेको थियो।
'जुनसुकै उमेरको भएपनि हामी तपाईको कुरा सुन्नेछौं। हामी क्षमा चाहान्छौ। यस्तो मिम स्ल्यागंको प्रयोग गरेर कसैको अपमान गर्नु हाम्रो मनसाय होइन’ माफी माग्दै ट्वीटमा बिएमडब्लुले लेखेको छ, ‘हामी नयाँ ढगंबाट अघि बढ्दैछौ। आशा छ यसमा तपाईहरु पनि सामेल हुनुहुनेछ।’
'बिएमडब्लु आइएक्स' कम्पनीको नयाँ रणनीति हो। जसअन्तर्गत ब्याट्रीबाट चल्ने सवारीमा जोड दिने कम्पनीकाे याेजना छ।