२ महिना अघि सार्वजनिक भएको प्रिमियम ह्याचब्याक गाडी टाटा अल्ट्रोज सुरक्षित गाडी मध्ये पर्छ।
सवारी साधनको सुरक्षा सर्वेक्षण गर्ने संस्था ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा अल्ट्रोजले एडल्ड सेफ्टीमा ५ स्टार रेटिङ र चाइल्ड सेफ्टीमा ३ स्टार रेटिङ पाएको थियो।
हालसम्म भारतमा निर्मित ५ स्टार पाउने ३ ओटा गाडी मध्ये अल्ट्रोज पनि एक हो।
इन्जिनको कुरा गर्नु पर्दा यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पि.एस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ।
यसमा रहेको मल्टि ड्राइभ (सिटी र इको) मोडले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्ने कम्पनीको दावी छ।
अल्ट्रोजमा आइडल स्टप र स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्री डोर ओपनिङ्ग, अटो हेडल्याम्प, रेन सेन्सिङ्ग वाइपर र हिडन डोर्स ह्यान्डल लगायतका बिशेषताहरु रहेका छन्।
प्यासेन्जरको सुरक्षाका लागि यस गाडीको सबै भेरिएन्टमा एबिएस, इबिडी र डुअल एअरब्यागहरु रहेका छन्। यसमा गोल्ड स्ट्यान्डर्ड सेफ्टी, ड्राइभिङ डाइनामिक्स र उत्कृष्ट प्रबिधि रहेको कम्पनीले जनाएको छ।
हामीले याहाँ अल्ट्रोजका विभिन्न मोडलको मूल्य उल्लेख गरेका छौं।
मोडल | मूल्य |
अल्ट्रोज एक्सइ | २९,९९,००० |
अल्ट्रोज एक्सएम | ३२,५५,००० |
अल्ट्रोज एक्सटी | ३५,५५,००० |
अल्ट्रोज एक्सजेड | ३८,५५,००० |