यो वर्ष अटोमोवाइल्स क्षेत्रबाट उठ्ने राजश्व अघिल्लो वर्षको तुलनामा ४ अर्बले घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ४ महिनामा सवारी साधन आयात गरेर सरकारले जम्मा २७ अर्व ४२ करोड ९८ लाख ५५ हजार राजश्व संकलन गरेको छ।
अघिल्लो वर्षको यही अवधिमा ३१ अर्व ९९ करोड ९८ लाख ६९ हजार संकलन भएको थियो।
भन्सार विभागको तथ्यांकअनुसार यो अवधीमा कुल २८ अर्व ६६ करोड २० लाख ९० हजारको सवारी साधन आयात भएको छ।
अघिल्लो वर्ष यही अवधिमा ३४ अर्व ७४ करोड ६५ लाख ९४ हजारको सवारी साधन आयात भएको थियो।