जर्मन मोटरसाइकल ब्राण्ड ‘ट्रायम्फ’ले भारतमा नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गर्न लागेको छ।
भारतीय संचार माध्यम नवभारत टाइम्सका अनुसार एक सय ३१ वर्ष पुरानो यो कम्पनीले ‘टिडेन्ट’ मोडलको बुकिङ खुल्ला गरेकाे हो। यसको मूल्य सार्वजनिक गरिएको छैन।
३ सिलिन्डर जडित ६०० सिसीका यो मोटरसाइकलले ८१ पिएस पावर र ६४ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिड गियर बक्स रहेको छ।
ट्रायम्फको यो मोटरसाइकलमा ‘मिचेलिन रोड ५’ टायरको प्रयोग गरिएको छ। मोटरसाइकलमा ‘प्री लोडेड अड्जेस्टेवल मोनोसक’ दिइएको छ। डिस्क ब्रेक सहितको यो मोटरसाइकलमा १४ लिटरको फ्युल ट्याङ्क दिइएको छ।
यो मोटरसाइकलको हाइट ८०५ मिलिमिटर र तौल १८९ किलो रहेको छ। ट्रायम्फ मोटरसाइकलले केही समय अगाडि भारतीय बजारमा ‘स्ट्रिट ट्रिम्पल’ को नयाँ भेरियन्ट ‘ट्रायम्फ स्ट्रिट ट्रिम्पल आर’ ल्याएको थियो।