होन्डाले बजारमा नयाँ स्कुटर ल्याएको छ। आफ्नो चर्चित स्कुटर एक्टिभा बजारमा ल्याएको २० वर्ष पूरा भएको अवसरमा होन्डाले भारतीय बजारमा नयाँ स्कुटर ल्याएको हो।
कम्पनीले ‘होन्डा एक्टिभा एनिभर्सरी एडिसन’ स्कुटर सार्वजनिक गरेको भारतीय संचारमाध्यम नवभारत टाइम्सले जनाएको छ।
कम्पनीको अनुसार यसमा बिएस६ १०९ सिसीको फ्यूल इन्जेक्टेड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ। जसले ७.७९ पिएस पावर र ८.७९ एनएम टर्क उत्सर्जन गर्छ।
यसमा १२ इन्चको फ्रन्ट ह्विल, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, एलइडी हेडलाइट लगायत फिचर्स दिइएको छ।
यो स्कुटर साविकको एक्टिभाभन्दा धेरै आकर्षक रहेको कम्पनीको भनाइ छ। यो ‘मेट म्याच्योर ब्राउन’ रङमा मात्र उपलब्ध छ। स्कुटरको छेउमा सुनौलो ब्याज लगाइएको छ भने पांग्रा स्टिल र कभर कालो रङको छ।
होन्डा एक्टिभा पहिलो पटक सन् २००१ मा सार्वजनिक भएको थियो। यो संस्करण समेत गरेर एक्टिभाका ६ वटा मोडलन बजारमा आइसकेको छ।
हिरोको स्प्लेन्डरपछि सबभन्दा धेरै बिक्ने एक्टिभा हो। यो हालसम्म २२ लाखभन्दा धेरै बिक्री भइसकेको कम्पनीले जनाएको छ।
भारतीय बजारमा यसको मूल्य ६६ हजार ८ सय १६ र डिलक्स संस्करणको ६८ हजार ३ सय १६ भारू निर्धारण गरिएको छ।