कोरोना महामारीका बेलामा टाटा मोटर्सले ग्राहकलाई गाडी डेलिभरी गर्ने अनौठो तरिका अपनाएको छ। कम्पनीले बबल र्यापिङ गरेर गाडी डेलिभरी गर्न थालेको भारतीय संचार माध्यम जी बिजले जनाएको छ।
र्याप गरिएको गडीलाई पुरै सेनिटाइज र कोरोना सहित अन्य प्रकारका भाइरस रहित हुने कम्पनीले जनाएको छ।
कम्पनीले गाडी डेलिभरी गर्नुअघि गाडीलाई पुरै सेनिटाइज गरेर मात्रै बबल र्यापिङ गरेर ग्राहकलाई हस्तान्तरण गर्छ।
जिबिजका अनुसार फरक–फरक गाडीको लागि छुट्टा–छुट्टै सेफ्टी बबल तयार पारिएको छ।
टाटा मोटर्सले कोरोना महामारीलाई मध्यनजर गर्दै गाडीमा स्वास्थ्य सामाग्री पनि दिइरहेको छ। जसअन्तर्गत एयर प्यूरिफायर, एयर फिल्टर, सेनिटाइजेसन किट लगाएतका स्वास्थ्य सामाग्री छन्।
कोरोनाको महामारीसँगै विभिन्न अटोमोवाइल कम्पनीहरुले आफ्ना ग्राहकलाइ सुरक्षाको ग्यारेन्टी दिन विभिन्न कदम उठाइरहेका छन्।
त्यस्तै धेरैजसो कम्पनीहरुले डिजिटल बुकिङ समेत सुरु गरेका छन्। अन्य कम्पनीहरुले पनि सेनिटाइज गरेर मात्रै गाडी डेलिभरी गर्ने गरेका छन्।