लक्ष्मी हुन्डाइले ‘क्लिक टु बाइ’ सेवा सुरु गरेको छ।
यस माध्यम मार्फत ग्राहकले सिमित सम्पर्कमा सजिलै अनलाइनबाट गाडी किन्न सक्छन्। साथै ग्राहकहरुले गाडीको विभिन्न विशेषताहरु, मूल्य, छुट तथा रंगहरु छनौट गरेर किन्न सक्छन्।
लक्ष्मी हुन्डाइले कोरोना भाइरसको समयमा सावधानी अपनाउन यो सेवा सुरु गरेकाे हाे।
गाडीको जानकारी र अफरहरुबाट सन्तुष्ट भएपछी ग्राहकले किल्क टु बाइ पोर्टलमा प्रदान गरिएको भुक्तानी गेटवे मार्फत बुक गर्न सक्छन्। आवश्यकता परेमा बैंक फाइनान्सको प्रक्रिया पनि अनलाइनबाटै गर्न सकिने कम्पनीले बताएको छ।
उक्त प्रणाली प्रयोग गरेर हुन्डाइ गाडी किनेमा १० हजारको सर्भिस भौचर प्रदान गर्नेछन्। ग्राहकहरुले यस सर्भिस भौचर हुन्डाइ नेपालभरी रहेका कुनैपनि क्षेत्रीय बिक्री सेवा नेटवर्कबाट स्पेयर पार्टस लुब्रिकेन्टस्को खरिदमा प्रयोग गर्न सक्नेछन्।
यस सर्भिस भौचरको मान्यता गाडी डेलिभरी गरेको मितीबाट १ वर्षसम्म रहनेछ।