सार्वजनिक भएको २ महिनामै महिन्द्रा थार २०२० को मूल्य बढ्ने भएको छ। मूल्य कति बढ्छ भन्नेबारे कम्पनीले खुलाएको छैन।
भारतीय संचार माध्यम आजतकका अनुसार कम्पनीले डिसेम्बर १ देखि मूल्य बढाउने घोषणा गरेको हो। सार्वजनिक भएसगैँ आक्रामक ब्यापार गरिरहेको थारको माग धान्न महिन्द्रलाई गाह्रो परिरहेको छ। माग पुर्याउन कम्पनीले उत्पादन बढाइरहेको छ।
सवारीसाधनको सुरक्षको सर्वेक्षण गर्ने संस्था ग्लोबल एनक्यापले गत हप्ता गरेको क्र्यास टेष्टमा थारले ४ स्टार रेटिङ पाएको थियो। यो परीणामले थारलाई झनै लोकप्रिय बनाएको हो।
सुरक्षाको लागि यसमा क्रुज कन्ट्रोल, एबिएस सगैँ इबिडी, डुअल एयरब्याग, हिल होल्ड र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर्स दिइएको छ।
गत अक्टोवर २ मा सार्वजनिक भएको थार २०२० सुरुवातबाटै आक्रामक ब्यापार गरिरहेको थियो। नयाँ थार भारतमै डिजाइन गरेर नासिक स्थित प्लान्टमा बनाईएको हो।
पुराना थारलाई अफरोडको लागि मात्र भन्ने सोचिन्थ्यो भने नयाँ थारलाई सामान्य सडकमा पनि चलाउन सुहाउने गरी डिजाइन गरिएको आजतकले लेखेको छ। यो पेट्रोल र डिजेल दुवै भेरिएन्टमा उपलब्ध छ।