किया सोनेटले भरतीय अटोमोवाइल्स बजारमा अक्रामक ब्यापार गरिरहेको छ। नोभेम्बर महिनामा यो सबैभन्दा धेरै बिक्ने ‘सबकम्प्याक्ट एसयूभी’ बन्न सफल भएको छ।
यो महिना मात्र सोनेट ११ हजार ४ सय १७ यूनिट बिक्री भएको छ। यो आँकडा सबकम्प्याक्ट सेग्मेन्टमा बिक्री भएको कुल गाडीको ५० प्रतिशत हो। सबकम्प्याक्ट एसयूभी सेग्मेन्टमा यसअघि भिटेरा ब्रेजाकाे बजार राम्राे थियाे।
कियाको सबै उत्पादनको बिक्री बढिरहेको छ। गत वर्ष नोभेम्बरको तुलनामा कियाका सबै गाडीहरुको सेल्स ५० प्रतिशत बढेको छ।
भारतमा निकै लोकप्रिय बनेको किया सोनेट नेपाली बजारमा पनि उत्तिकै लोकप्रिय भएको कियाका लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका सहायक महाप्रवन्धक अनिश लामिछानेले जानकारी दिए।
सोनेट गत मंसिर ४ गते नेपालमा सार्वजनिक भएको थियो। यो ३ वटा डिजेल र एउटा पेट्रोल गरी ४ वटा भेरिएन्टमा उपलब्ध छ।
कम्पनीले १.२ लिटर पेट्रोल ’एचटिइ भेरिएन्ट’को मूल्य ३५ लाख ९० हजार रुपैयाँ तोकेको छ। यसले ८२ बिपिएच पावर र ११५ एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै १.५ लिटर डिजेल इन्जिनको ’एचटिएक्स भेरिएन्ट’को ४७ लाख ९० हजार तोकिएको छ। यो इन्जिनले १०० बिपिएच पावर र २४० एनएम टर्क जेनेरेट गर्छ।
त्यसैगरी १.५ लिटर डिजेल इन्जिनको ’एचटिके प्ल एटी भेरिएन्ट’को ४७ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ। यसले ११५ बिपिएच पावर र २५० एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै कम्पनीले फुल अप्सनको १.५ लिटर डिजेल इन्जिनको जिटिएक्स प्लस भेरिएन्टको मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकेको छ। यसले ११५ बिपिएच पावर २५० एनएम टर्क जेनेरेट गर्छ।
यसमा ६ वटा एयरव्याग ७ स्पिकर, १०.२५ एचडी टचस्क्रिन, वायरलेस फोन चार्जर, लेदरको सिट तथा डोर प्यानल र चालक तथा यात्रुका लागि भेन्टिलेटेड सिट लगायतका सुविधा दिइएको छ।
त्यसैगरी भाइरस प्रोटेक्सन सहितको स्मार्ट प्योर एयर प्यूरिफायर, क्रिस्टल अलोए ह्विल, एलइडी साउन्ड मुड ल्याम्प, फ्रन्ट पार्किङ सेन्सर, एडभान्सड १०.६७ सेमी कलर इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्टवाच कनेक्टिभिटी लगाएतका फिचर्स छन्।
यसको ग्राउन्ड क्लियरेन्स २११ मिलिमिटर र बुट स्पेस ३९.२ लिटरको छ। यो गाडीमा कम्पनीले ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिएको छ।