अस्ट्रियाको टु–ह्वीलर कम्पनी केटीएमको नयाँ मोडल भारतमा सार्वजनिक हुन लागेको छ।
कम्पनीले निकट भविष्यमै २०२१ केटिएम १२५ डुक बजारमा ल्याउने तयारी थालेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ। यो मोडल पुरानो डुक १२५ को तुलनामा केही अलग हुनेछ।
अपग्रेट बाहेक यसमा डुक २०० को फ्रम लगाइने छ। यो केही हदसम्म डुक २०० जस्तो देखिने छ।
यो अपग्रेटेड मोडलमा एलइडी डिआरएल सगैँ एंगुलर हेडल्याम्प, नयाँ डिजाइनको फ्यूल ट्याङ्क हुनेछ।
यसको फ्यूल ट्याङ्क पहिलेको तुलनामा ठूलो हुने भएकोले मोटरसाइकलको कुल वजन ७ देखि १० किलोसम्म बढ्ने
आकलन गरिएको छ।
यसमा १७ इन्चको अलोय ह्विल, अगाडि र पछाडि डिस्क ब्रेक हुनेछ। त्यस्तै यसमा सिङ्गल च्यानल एबिएस पनि रहने नवभारत टाइम्सले जनाएको छ। यसमा हुने एलईडी स्क्रिन डुक २०० जस्तो हुने बताइएको छ।
कम्पनीले भारतमा २०२१ केटिएम डुक १२५ को बुकिङ समेत खुलाई सकेकोछ। नेपालमा डुक गोल्छा ग्रुपको हंशराज हुलासचन्द एन्ड कम्पनीले बिक्री वितरण गर्दै आइरहेको छ।