फोर्ड गाडिका लागि नेपालको आधिकारिक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले नयाँ फोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ खुल्ला गरेको छ।
यसको शक्तिशालीप्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिस्कृत स्टाइल र उच्चतम प्रविधिले यसलाई नेपाली उपभोक्ताले मन पराएका छन्।
मुख्य विशेषताः
- चालक र यात्रीको सुरक्षाका लागि ६ वटासम्म एयर ब्याग
- यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीका लागि ८ इन्चको टचस्क्रिनयुक्त सिस्टम, एप्पल कार प्ले तथा एण्ड्रोइड अटो अनुकूलतामा टप–इनलाइनको स्पोर्ट भेरियन्टमा उपलब्ध
- ९ इन्च टचस्क्रिन–आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्वेडेड नेभिगेसन।
- सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरु धेरै उच्चतम प्रविधि जस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट/स्टप, डि.आर.एल रेन सेन्सिङ वाइपर आदि।
कम्पनीकझ अल न्यू इको स्पोर्टको मूल्य पेट्रोल इन्जिनको करिब ३४ लाखदेखि र डिजेलको ३९ लाखदेखि सुरू हुन्छ।