रोयल इन्फिल्डले इलेक्ट्रिक मोटरसाइकल बजारमा ल्याउने तयारी थालेको छ।
कम्पनीले २०२३ सम्म पहिलो विद्युतीय मोटरसाइकल बजारमा ल्याउन सक्ने भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।
केहीसमय अगाडि रोयल इन्फिल्डले इलेक्ट्रिक मोटरसाइकलको डमी मोडल इन्डियन अटो ब्लग डट कममा प्रकाशित गरेकाे थियो।
डमी मोडलको रोयल इन्फिल्ड इलेक्ट्रिक मोटरसाइकल सेतो र निलोको डुअल टोन कलरमा थियो।
यसको इन्जिनको ठाउँमा ठूलो ब्याट्री देख्न सकिन्छ। कम्पनीले मोटरसाइकलको साइड प्यानलमा नामसगैं इभी लेख्न सक्ने नवभारत टाइम्सले जनाएको छ।
रायल इन्फिल्ड मोटरसाइकलको २०० देखि ५०० सिसीसम्मको सेग्मेन्टमा नेपाल र भारतमा निकै चर्चित छ।
प्रिमियम मोटरसाइकल मनपर्नेहरुको लागि रोयल इन्फिल्ड रोजाईमा पर्ने गरेको छ।
भारतमा केही समय अघि सार्वजनिक भएको ‘मिटियोर ३५०’ सार्वजनिक पनि निकै रुचाइएको नवभारत टाइम्सले जनाएको छ।
यो फायरबल, स्टेलर र सुपरनोभा गरी ३ वटा संस्करणमा उपलब्ध छ। कम्पनीले भारतमा फायरबलको मूल्य १ लाख ७५ हजार ८ सय २५ रुपैयाँ, स्टेलर भेरिएन्टको १ लाख ८१ हजार ३ सय ४२ र सुपरनोभाको १ लाख ९० हजार ५ सय ३६ रूपैयाँ निर्धारण गरेको छ।
यो पहेँलो कालो र रातो गरी ३ वटा रङ्गमा आउने छ। यसैगरी १५ भन्दा धेरै फ्यूल ट्याङ्क कलर अप्सनमा उपलब्ध छ।
‘मिटियोर ३५०’ मा बिएस६, ३४९ सिसी एयर कुल्ड सिङ्गल सिलिन्डर इन्जिन जडान गरिएको छ। यसले २०.५ एचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५ स्पिड गियर बक्स दिइएको छ।
मिटियोर ३५० मा रोयल इन्फिल्डले पहिलो पटक ‘स्मार्ट कनेक्टिभिटी’ फिचर्स प्रयोग गरिएको छ। जसको मद्दतले रोयल इन्फिल्ड एपसगँ कनेक्ट गरेर कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ।
यसमा ओड मिटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डर लगायतका फिचर्स पनि दिइएको छ। मिटियोर ३५० डुअल च्यानल एबिएस, एलइडी डिआरएल वाला सर्कुलर हेलोजिन हेडल्याम्प, एलइडी टेल ल्याम्प लगायतका फिचर्स दिएइको छ।