भारतमा ५ ओटा सवारी साधन निर्माता कम्पनीले प्यासेन्जर भेइकल सेग्मेन्टमा आफ्नो पकड जमाएका छन्।
मारुती सुजुकी, हुण्डाई, टाटा, किया र महिन्द्राले प्यासेन्जर भेइकल सेग्मेन्टमा ८५ प्रतिशत बजार ओगटेका हुन्।
अन्य २२ ब्राण्डले भने जम्मा १५ प्रतिशत मात्र बजार लिन सकेको भारतीय संचार माध्यम दैनिक भास्करले जनाएको छ।
नोभेम्बर महिनाको तथ्याङ्क हेर्दा प्यासेन्जर भेइकल सेग्मेन्टमा मारुती सुजुकीले ४९.३३ प्रतिशत, हुण्डाईले १६.२१ प्रतिशत, टाटाले ७.५० प्रतिशत, कियाले ६.२८ प्रतिशत र महिन्द्राले ५.४८ प्रतिशत बजार ओगटेको छ।
नोभेम्बरमा मारुती सुजुकी १ लाख ४३ हजार ५ सय ५४ युनिट सेल्स गर्दै पहिलो स्थान कायम गरेको छ। यो संख्या दोस्रो स्थानमा रहेको हुण्डाई भन्दा झण्डै १ लाख बढी हो।
त्यस्तै हुण्डाई ४७ हजार १ सय ६२, टाटा २१ हजार ८ सय ३५, किया १८ हजार २ सय ६२ र महिन्द्राले १५ हजार ९ सय ५१ युनीट गाडी सेल्स गरेका छन्।