नेपालका लागी टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङले डिसेम्बर ब्लेजिङ एक्सचेन्ज कार्यक्रमको आयोजना गर्न लागेको छ।
मंसिर २६ देखि २७ गतेसम्म थापाथली स्थित टाटा मोटर्सको शोरुममा आयोजना गर्न लागेको एक्सचेन्ज कार्यक्रममा कम्पनीले विभिन्न अफरहरु ल्याएको छ।
कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरिदमा आकर्षक नगद छुट, ५० हजारसम्मको एक्सचेन्ज बोनस, एक वर्षको सवारी कर, आकर्षक मुल्याङन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतको व्यवस्था गरेको छ।
ग्राहकले टाटा मोटर्सको शोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एचफाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।