जापानी २ पांग्रे सवारी साधन निर्माता कम्पनीले ‘माइन्ड रिडिङ’ प्रविधिको प्याटेन्ट दर्ता गराएको छ।
कम्पनीले लस एन्जलस स्थित रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरमा आफ्नो आगामी मोटरसाइकलको लागि हालै ‘माइन्ड रिडिङ’ प्रविधिको प्याटेन्ट दर्ता गराएको हो।
यो प्रविधिले हेल्मेटमा रहेको इलेक्ट्रोडको माध्यमबाट मोटरसाइकललाई नियन्त्रण गर्न सकिन्छ।
यसले मोटरसाइकलको एबिएस, ट्रयाक्सन कन्ट्रोल, इन्ट्रनल मेजरमेन्ट यूनिट लगायतको बारेका चालकलाई जानकारी पनि दिने भारतीय संचार माध्यम दैनिक भास्करले जनाएको छ।
प्याटेन्ट दर्ता गर्दाको तस्वीर दिमागको प्रयोगले स्टन्ट गरेको देख्न सकिन्छ।
यो प्रविधिले सेल्फ ड्राइभ भने गर्ने छैन। नयाँ चालकहरुको लागि यो प्रविधि उपयोगी हुने अुमान गरिएको छ।