गत वर्ष नाडा अटो शोमा सार्वजनिक भएको टाटा ‘एच-५ प्रिमियम एसयूभी हो। यो भारतमा ह्यारियरको नाममा बिक्री हुन्छ।
सार्वजनिक भए देखिनै एचफाइभ को इन्क्वायरी र सेल्स उत्साहजनक रहेको कम्पनीले जनाएको छ। ल्यान्डरोवरको डिएट प्लेटफर्ममा निर्माण गरिएको टाटा एचफाइभ क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त गाडी हो।
६ स्पिड म्यानुअल ट्रान्समिसन एचफाइभले ३७५० आरपिएममा १४० पिएस पावर र १७५०-२५०० आरपिएममा ३०५ एनएम टर्क जेनेरेट गर्छ।
यो गाडी हाल एचफाइभ एक्स इ, एक्स एम, एक्स टी र एक्स जेड गरी ४ ओटा भेरियन्टमा उपलब्ध छ।
सुरक्षाको लागि यसमा ६ ओटा एयर ब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, कर्नर स्ट्याविलिटी कन्ट्रोल, इलेक्ट्रोनिक ट्र्याक्सन कन्ट्रोल लगाएतका फिचर्स छन्।
त्यस्तै यसमा पुस बटन स्टार्ट-स्टप, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टीफङ्सन स्टेरिङ, हाइट एड्जस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू छन्।
गाडीको संस्करण अनुसार फिचर्सहरुमा पनि केही परिवर्तन गरिएको छ।
५ सिट क्षमताको एच-५ ग्राउण्ड क्लिवयरेन्स २०५ मिलिमिटर छ भने फुल ट्याङ्क इन्धन क्षमता ५० लिटरको छ। यसको बुट स्पेस ४४२ लिटरको छ र पछाडिको सिट फोल्ड गरेर ८१० लिटरसम्म बनाउन सकिन्छ।
कम्पनीले यसमा ३ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी दिने बताएको छ।
हामीले यहाँ एच-५ का विभिन्न संस्करणहरुको मूल्य उल्लेख गरेका छौं।
मोडल र मूल्य
- एक्सई -५८ लाख ५५ हजार
- एक्सएम -६६लाख ९९ हजार
- एक्सटी -७२ लाख ९९ हजार
- एक्सजेड -७७ लाख ९९ हजार