नेपालका चर्चित गाडीमध्ये रेनो डस्टर पनि एक हो। रेनोका गाडी नेपालमा एड्भान्स अटोमोबाइल्सले बिक्री वितरण गरिरहेको छ।
बजारमा डस्टर एसयूभी एउटा पेट्रोल र दुइटा डिजेल गरी तीन संस्करणमा उपलब्ध गराएको छ।
१४९८ सिसी पेट्रोल इन्जिनको डस्टरले ५६०० आरपिएममा १०४.५५ बिपिएच पावर र ४००० आरपिएममा १४२ एनएम टर्क उत्सर्जन गर्छ।
१४६१ सिसी डिजेल इन्जिनको डस्टरले ४००० आरपिएममा १०८.५ विपिएच पावर र १७५० आरपिएममा २४५ एनएम टर्क उत्सर्जन गर्छ।
यसको टप भेरिएन्टमा मल्टी फंसन स्टेरिङ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टच स्क्रिन, अलोय ह्विल, पावर स्टेरिङ, पावर विन्डो, एयर ब्याग, एयर कन्डिसनर, एन्टी लक ब्रेकिङ सिस्टम लगायत फिचरहरू दिइएको छ।
हामीले यहाँ डस्टरका सबै भरिएन्टको मूल्य उल्लेख गरेका छौं। यसको सुरूआती मूल्य करिब ४० लाख रूपैयाँ छ।
१. आरएक्सई, पेट्रोल, १४९८ सिसी, मूल्यः ३९ लाख ९० हजार रूपैयाँ
२. आरएक्सएस, डिजेल, १४६१ सिसी, मूल्यः ४६ लाख ९९ हजार रूपैयाँ
३. आरएक्सजेड एडब्लुडी, डिजेल, १४६१ सिसी, मूल्यः ५९ लाख ९ हजार रूपैयाँ
यसबाहेक रेनोका क्विड, ट्राइबर, क्यापचर र लजी मोडलका गाडी पनि बजारमा उपलब्ध छन्।