नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरूको संख्या बढ्दो छ।
कोरोना महामारीपछि मोटरसाइकल र स्कुटरको बिक्री धेरै बढेको जानकारहरू बताउँछन्। कोरोनाका कारण धेरै जना सार्वजनिक यातायात चढ्न डराएकाले पनि दुई पांग्रे सवारी साधनको बिक्री बढेको व्यवसायीहरू बताउँछन्।
त्यस्तै काठमाडौं लगायत व्यस्त सहरहरूमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ। नेपालमा लोकप्रिय मोटरसाइकलमध्ये बजाजको नाम अग्रस्थानमै आउँछ।
बजाजले ग्राहकको आर्थिक क्षमता र युवापुस्ताको रूचि मध्यनजर गर्दै धेरै प्रकारका मोटरसाइकल बजारमा ल्याएको छ।
अहिले चिसो बढ्दै गएको र सवारी बिक्रीका लागि अफ सिजन भए पनि पोहोरको तुलनामा बिक्री राम्रो भएको बजाजका लागि नेपालको आधिकारिक वितरक एचएच बजाजकी सहायक महाप्रबन्धक पुनम सिंहले जानकारी दिइन्।
‘यो अफ सिजन भएकाले अत्यधिक बिक्री त छैन। तर कोरोना महामारी चलिरहेका वर्षमा पनि पोहोरभन्दा चाहिँ बिक्री राम्रो छ,’ उनले सेतोपाटीसँग भनिन्।
हामीले यहाँ बजाजका विभिन्न मोडलका मोटरसाइकलको मूल्य उल्लेख गरेका छौं जसमा दुई मोडलको भने बजार मूल्य दुई लाख रूपैयाँभन्दा कम छ। बाँकी मोडल दुई लाखभन्दा बढी मूल्यका छन् भने सबभन्दा महँगो डोमिनारको साढे पाँच लाख बढी पर्छ।
प्लाटिना १०० इएसः १ लाख ७६ हजार ९ सय रूपैयाँ
डिस्कभर १२५ ड्रमः १ लाख ९४ हजार ९ सय रूपैयाँ
डिस्कभर १२५ डिस्कः २ लाख एक हजार ९ सय रूपैयाँ
डिस्कभर १२५ एसटीः २ लाख १२ हजार ९ सय रूपैयाँ
पल्सर १२५ डिस्कः २ लाख २९ हजार ९ सय रूपैयाँ
पल्सर १५०ः २ लाख ६२ हजार ९ सय रूपैयाँ
पल्सर १५० टिडीः २ लाख ७३ हजार ९ सय रूपैयाँ
पल्सर १६० एनएस टिडी एबिएसः २ लाख ९५ हजार ९ सय रूपैयाँ
पल्सर २२० एफ एबिएसः ३ लाख ३९ हजार ९ सय रूपैयाँ
पल्सर २०० एनएस एबिएसः ३ लाख ४२ हजार ९ सय रूपैयाँ
पल्सर २०० एनएस एफआई एबिएसः ३ लाख ६४ हजार ९ सय रूपैयाँ
एभेन्जर १६० स्ट्रिट एबिएसः ३ लाख २१ हजार ९ सय रूपैयाँ
एभेन्जर २२० क्रुजः ३ लाख ४८ हजार ९ सय रूपैयाँ
डोमिनार ४०० एबिएसः ५ लाख ५४ हजार ९ सय रूपैयाँ