टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प बुधबारबाट सकिने भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्गले मंसिर २८ गतेदेखि क्याम्प सुरू गरेको थियो।
गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त क्याम्प विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ५० विभिन्न स्थानहमा आयोजित गरिएको छ।
सुरक्षाको मापदण्ड अपनाएर सर्भिस क्याम्प सञ्चालन भएको छ। भिडभाड कम गर्न ग्राहकहरुले ढुक्क भई घरबाटै प्रि–बुकिङ्ग गर्न सकिने सुविधा समेत दिइएको छ।
मंगलबारसम्म ४ हजार ९ सय ९० वटा भन्दा बढी टाटा कर्मशियल गाडीहरुले यस सर्भिस क्याम्पको फाइदा उठाइसकेको कम्पनीले बताएको छ।
निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु क्याम्पको मुख्य विशेषता हो।