इन्फिल्डको ‘मेटियोर–३५०’ ले भारतीय बजारमा आक्रामक ब्यापार गरिरहेको छ।
सार्वजनिक भएको १ महिनामा ७ हजारभन्दा धेरै यूनिट बिक्री भएको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।
नवभारत टाइम्सका अनुसार गत नोभेम्बर ६ तारिकमा सार्वजनिक भएको २ हप्तामै ८ हजार बुकिङ भएको ‘मेटियोर–३५०’ एक महिनामा ७ हजार ३१ वटा डेलिभरी भएको हो।
यो सगैँ ‘मेटियोर–३५०’ कम्पनीको दोस्रो धेरै बिक्ने मोटरसाइकल बन्न सफल भएको छ। ‘मेटियोर–३५०’ फायरबल, स्टेलर र सुपरनोभा गरी ३ वटा भेरियन्टमा उपलब्ध छ।
कम्पनीले भारतमा फायरबलको मूल्य १ लाख ७५ हजार ८ सय २५ रुपैयाँ, स्टेलर भेरिएन्टको १ लाख ८१ हजार ३ सय ४२ र सुपरनोभाको १ लाख ९० हजार ५ सय ३६ निर्धारण गरेको छ।
यो पहेँलो कालो र रातो गरी ३ वटा रङ्गमा आउने छ। यसैगरी १५ भन्दा धेरै फ्यूल ट्याङ्क कलर अप्सनमा उपलब्ध छ।
‘मिटियोर–३५०’ मा बिएस६, ३४९ सिसी एयर कुल्ड सिङ्गल सिलिन्डर इन्जिन जडान गरिएको छ। यसले २०.५ एचपी पावर र २७ एनएम टर्क जेनेरेट गर्छ। यसमा ५ स्पिड गियर बक्स दिइएको छ।
मिटियोर–३५० मा रोयल इन्फिल्डले पहिलो पटक ‘स्मार्ट कनेक्टिभिटी’ फिचर्स प्रयोग गरेको नवभारत टाइम्सले जनाएको छ।
यसको मद्दतले रोयल इन्फिल्ड एपसगँ कनेक्ट गरेर कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ। यसमा ओड मिटर, ट्रिप मिटर, सर्भिस रिमाइन्डर लगायतका फिचर्स पनि दिइएको छ।
मिटियोर–३५० डुअल च्यानल एबिएस, एलइडी डिआरएल वाला सर्कुलर हेलोजिन हेडल्याम्प, एलइडी टेल ल्याम्प लगायतका फिचर्स दिएइको छ।