नेपालमा कोरियाली अटो ब्रान्ड किया गाडी तेस्रो नम्बरमा उक्लिन सफल भएको छ। सेल्टोस र अर्को मोडल सोनेटले कियालाई सबैभन्दा बढी बिक्री हुने गाडीको तेस्रो नम्बरमा उकालेकाे हो।
नेपालमा भित्रिएको २० वर्ष भन्दा बढी भइसकेकाे किया गाडी पहिलोपटक तेस्रो ब्रान्ड बन्न सफल भएको छ।
कियाको मिड–एसयुभी सेल्टोसको संख्या भने हजार बढी बिक्री भएको छ। नेपालमा आएको एक वर्ष पूरा नहुँदै हजार युनिटभन्दा बढी सेल्टोस बिक्री भएको कम्पनीले बताएको छ।
करिब दुई महिनाअघि नेपाली बजारमा आएको सोनेट २५० युनिटभन्दा बढी बिक्री भइसकेको छ।
नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले गत वर्ष पुसमा सेल्टोस नेपाल ल्याएको थियो।
यो गाडी छिमेकी मुलुक भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल भएको थियो।
सेल्टोस कियाको भारतस्थित प्लान्टमा उत्पादन हुन्छ। कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतीय प्लान्टमा सेल्टोस उत्पादन थालेको हो।
भारत–६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो। सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता छन्। यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता नभएको कम्पनीको भनाइ छ।
४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्ट नेपाली बजारमा उपलब्ध छ।