गत असोजमा नेपालमा सार्वजनिक भएको प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज सुरक्षित गाडी मध्यमा पर्छ। सवारी साधनको सुरक्षा जाँच गर्ने संस्था ग्लोबल एनक्यापले गरेको क्र्यास टेष्टमा यसले ५ स्टार रेटिङ पाएको थियो।
सुरक्षाका लागि यो गाडीको सबै भेरिएन्टमा एबिएस, इबिडी, सिएससी र डुअल एयर ब्यागहरु दिइएको छ।
यसमा जडित १.२ लिटरको रेभोट्रन इन्जिनले ८६ पिएस पावर र ११३ एन एम टर्क जेनेरेट गर्छ। यसमा रहेको मल्टी ड्राइभ मोडले स्पोर्टी ड्राइभिङ र इन्धन खपतको लागि राम्रो प्रभावकारी हुने कम्पनीले जनाएको छ।
उक्त गाडीमा रहेको अटोमेटिक क्लाइमेट कन्ट्रोल, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर, स्टपरस्टार्ट बटन, क्रुज कन्ट्रोल, एसी, एम्बिन्ट मुड लाइटिङ, ९० डिग्रि डोर ओपनिङ र हिडन डोर्स ह्यान्डल लगायतका फिचर्सहरु रहेका छन्।
हाल अल्ट्रोजको एक्सई, एक्सएम, एक्सटी, र एक्सजेड गरी ४ वटा भेरिएन्टहरु उपलब्ध छन्। हामीले यहाँ अल्ट्रोजको सबै भेरिएन्टको मूल्य उल्लेख गरेका छौँ।
अल्ट्रोज एक्सई – २९ लाख ९९ हजार
अल्ट्रोज एक्सएम – ३२ लाख ५५ हजार
अल्ट्रोज एक्सटी – ३५ लाख ५५ हजार
अल्ट्रोज एक्सजेड – ३८ लाख ५५ हजार