भारतको सबैभन्दा धेरै स्पिडमा गुड्ने इलेक्ट्रिक बाइक ‘क्रिडन’को डेलिभरी सुरु भएको छ।
‘क्रिडन’को निमार्ता कम्पनी वन इलेक्ट्रोनिकले डेलिभरीको सुरुवात हैदरावद र ब्याङ्गलोरबाट सुरु गरेको भारतीय संचार माध्यम फाइन्यान्सल एक्सप्रेसलाई हवाला दिदैँ जिबिजले लेखेकाे छ।
यो ९५ किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्छ। भारतमा बनेको इलेक्ट्रिक मोटरसाइकल मध्ये यो नै सबैभन्दा धेरै स्पिड हो।
अब कम्पनीले २०२१ देखि केरला र तमिनाडुमा डेलिभरी सुरु गर्ने भएकाे छ। त्यसपछि कम्पनीले महाराष्ट्र र दिल्लीमा डेलिभरी गर्ने तयारी गरेको छ।
एक पटक फुल चार्ज गर्दा इको मोडमा यो ११० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीको दावी छ। त्यस्तै सामान्यतया यसले ८० किलोमिटरको माइलेज दिन्छ।
कम्पनीका अनुसार यो मोटरसाइकल ८ सेकेन्डमा शून्यदेखि ६० को स्पिडमा पुग्न सक्छ।
यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ। त्यस्तै ५.५ किलोवाटको मोटर छ जसले १६० भन्दा धेरै पिक टर्क जेनेरेट गर्छ।
‘क्रिडन’ मोटरसाइकलमा ८० प्रतिशत भारतीय सामान प्रयोग गरिएको कम्पनीले जनाएको छ। यसमा टेलिस्कोपिक हाइड्रोलिक फ्रन्ट सस्पेन्सन र हाइड्रोलिक रेयर सस्पेन्सन जडान गरिएको छ। त्यसैगरी ट्यूबलेस टायर, जिपिएस/एप कनेक्टिभिटी, हेलोजिन बल्ब लगायतका फिचर्स रहेका छन्।
कम्पनीले यसलाई दक्षिण अमेरिका, अफ्रिका र मध्यपूर्वका राष्ट्रका बजारमा पनि लैजाने तयारी गरिरहेको छ। हाल भारतीय बजारमा यसको मूल्य १ लाख २९ हजार निर्धारण गरिएको छ।