टाटा मोटर्स् नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा चाडपर्व लक्षित ‘यो दशैं, तिहारमा किन मान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर’ नामक ग्राहक उपहार योजना अन्तर्गतको बम्पर लक्की–ड्र कार्यक्रम सार्वजनिक भएको छ।
प्रतिकूल परिस्थितिका कारण फेसबुक लाइवमार्फत गत शुक्रबार पुस १० गते बम्पर लक्की–ड्र कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ।
देशैभरबाट १३ सयभन्दा बढी सहभागीहरु मध्ये भाग्यशाली ३४ जना ग्राहकहरुलाई बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहारहरु प्रदान गरिएको सिप्रदी ट्रेडिङले जानकारी दिएको छ।
काठमाडौं र पोखराबाट १२ जना, बुटवलबाट ५ जना, हेटौंडाबाट ६ जना, इटहरीबाट ५ जना र नेपालगंजबाट ६ जना विजेता घोषित भएका छन्।
भाग्यशाली ग्राहकहरु मध्ये एलजि ३१० लिटरको डबल डोर रेफ्रिजेरेटर ६ जनाले, एल.जि. ८ केजी फ्रन्ट लोड वासिङ्ग मेसिन ६ जनाले, सोनी ५५ इन्च ईन्टरनेट टि भी ६ जनाले, सामसुङ नोट ट्वान्टी ७ जनाले र सामसुङ ट्यावलेट ९ जनाले जितेका छन्।
कम्पनीले आगामी दिनहरूमा ग्राहक लक्षित योजनाहरुलाई निरन्तरता दिइरहने प्रतिबद्धता जाहेर गरेको छ।