गत वर्ष मंसिरमा सार्वजनिक भएको सुजुकीको ‘एस–प्रेसो’ एसयुभीको इन्ट्री लेबल गाडीमा पर्छ। आकर्षक लुक्स र कम मूल्यको कारण यो ग्राहकको रोजाईमा परेको कम्पनीले जनाएको छ।
‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशतले चिल्लो स्टिल प्रयोग गरिएको छ। जसले यसको बनोटलाई अझ बलियो र सुरक्षित बनाएको कम्पनीको दावी छ।
यसमा १.० लिटरको बीएस ६ मापदण्डमा आधारित ‘के टेन’इन्जिन रहेको छ, जसले ५५०० आरपीएममा ५० किलोवाट पावर र ३५०० आरपीएममा ९० एनएम टर्म जेनेरेट गर्छ।
यसको १८० मिलिमिटर हाई ग्राउन्ड क्लेरेन्स’ ग्राहकको पहिलो आकर्षण बनेको सुजुकीको लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पका सिनियर म्यानेजर करुन शाक्यले जानकारी दिए।
‘एस–प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि ‘स्मार्ट प्ले’जडित टच स्क्रिन छ।
सुरक्षाको लागि यसमा ‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन) सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि–टेन्सनर’ र ‘फोर्स लिमिटर’सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’ लगायतका सुरक्षा फिचरहरु रहेका छन्।
एसप्रेसो सोलिड सिजल ओरेन्ज, पर्ल स्टेरी ब्लु, सुपेरियर ह्वाइट, सोलिड फायर रेड, मेटालिक ग्रेनाइट ग्रे, मेटालिक सिल्की सिल्भर रङ्गमा उपलब्ध छ।
यसमा प्रयोग गरिएको ‘अपेचर हेडल्याम्प’ र ‘ग्रिल ग्राफिक्स’ले कारलाई आकर्षक बनाएको छ। यसमा चौडा ‘सी–सिग्नेचर टेल ल्याम्पलाई थोरै माथि सारिएको छ।
‘एस–प्रेसो’मा युनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको कम्पनीले जनाएको छ।
हामीले याहाँ सुजुकी एस–प्रेसोका विभिन्न भेरिएन्टहरुको मूल्य उल्लेख गरेका छौं।
–एसटिडीः २३ लाख ४९ हजार
–एलएक्सआईः २४ लाख ४९ हजार
–भिएक्सआई प्लसः २५ लाख ९९ हजार