दोस्रो विश्व युद्धमा अमेरिकी सेनाले प्रयोग गरेको जीप ब्राण्डको गाडी अहिले सामान्य ग्राहक माझ चर्चित छ। ग्राहकको रोजाइलाई कायम राख्न कम्पनीले विभिन्न मोडल बजारमा ल्याइरहेको छ।
जीपको चर्चित मोडलमध्ये कम्पास पनि एक हो। भारतमा कम्पास सन् २०१७ अप्रिलमा लन्च भएको थियो।
एफसिए इन्डियाले भारतका लागि मात्र जीप बनाउँदैन युके, अस्ट्रेलिया, जापान र थाइल्यान्ड,नेपाल लगायतका देशमा निर्यात पनि गर्दै आएको छ।
भारतमा बनेका कम्पास १.४ लिटरको मल्टिजेट पेट्रोल र २.० लिटरको मल्टिएयर डिजेल गरी २ वटा इन्जिनमा उपलब्ध छ। सार्वजनिक भएसगैँ जीपको बिक्री निकै बढेको कम्पनीले बताएको छ।
हामीले यहाँ जीप कम्पासका विभिन्न भेरिएन्टको मूल्य उल्लेख गरेका छौं।
२.० लिटर मल्टिजेट डिजेल इन्जिन
लङ्गिट्यूड प्लस ४/२ – ९५ लाख ४० हजार
लिमिटेड प्लस ४/२ – १ करोड ५ लाख ९० हजार
लिमिटेड प्लस ४/४ – १ करोड १५ लाख ५० हजार
लिमिटेड प्लस ९ एटी ४/४ – १ करोड १८ लाख ९० हजार
ट्रायलह्वक एटी ४/४ – १ करोड २८ लाख ८० हजार
१.४ लिटर मल्टिएयर पेट्रोल इन्जिन
स्पोर्ट प्लस – ७५ लाख ९० हजार
लङ्गिट्यूड प्लस एटी – ८९ लाख ९० हजार
लिमिटेड प्लस एटी – ९९ लाख ९० हजार