टिभिएस जुपिटर पहिलेको भन्दा पावरफुल भएर आउने भएको छ।
पहिले ११० सिसीमा आउने जुपिटर अब १२५ सिसीको इन्जिनमा आउने भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ। यो पहिलेको भन्दा स्पोर्टी हुने बताइएको छ।
रिपोर्टका अनुसार कम्पनीले ३–४ महिना भित्रै यो स्कुटर बजारमा ल्याउने भएकाे हाे।
हाल भारतमा स्पोर्टी लुक्स र डिजाइनको १२५ सिसीको टिभिएस जुपिटर मात्र छ। यो सेग्मेन्टमा सिम्पल र धेरै माइलेज दिने स्कुटर खोज्नेको लागि जुपिटर विकल्प बन्न सक्छ।
टिभिएस जुपिटरले बजारमा होण्डा एक्टिभा १२५, हिरो डेस्टिनी १२५ र सुजुकी एसेस १२५ सगँ प्रतिश्पर्धा गर्नु पर्नेछ।
जुपिटर १२५ मा १२४.८ सिसीको इन्जिन हुनेछ, जसले ९.३८ पिएस पावर र १०.५ एनएम टर्क जेनेरेट गर्नेछ।
अहिले बजारमा उपलब्ध जुपिटरमा १०९.७ सिसीको इन्जिन छ जसले ७.४७ पिएस पावर र ८.४ एनएम टर्क जेनेरेट गर्छ।