पछिल्लो समय अटोमोबाइल कम्पनीहरूले विद्युतीय सवारीसाधन कम चार्जमा धेरै दुरी गुडाउन धेरै अनुसन्धान गरिरहेका छन्।
यही क्रममा चिनियाँ कम्पनी टेल्जीले 'लियोपार्ड' मोडललाई एक पटकको पूरा चार्जमा करिब ६५७ किलोमिटर गुड्ने बनाएको छ।
एकपटककै चार्जमा ६५६.८ किलोमिटर गुड्ने भएसँगै लियोपार्ड स्कुटरले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम राख्न सफल भएको छ। कम्पनीले रेकर्ड राख्नकै लागि मोटर पावर थोरै र ब्याट्री पावर धेरै भएको विशेष प्रकारको लियोपार्ड स्कुटर बनाएको थियो।
नेपालमा पनि टेल्जीका स्कुटरहरू पाइन्छन्। यसको आधिकारिक वितरक योमामा ई-मोटर्स प्रालि हो।
योम माले अंग्रेजी नयाँ वर्ष २०२१ का अवसरमा लियोपार्ड इलेक्ट्रिक स्कुटर नेपाली बजारमा ल्याएको हो। यो विश्व रेकर्ड राखेकै स्कुटरको मोडल भए पनि यसको मोटर, ब्याट्री क्षमता र फरक छ।
नेपाल भित्रिएको लियोपार्डमा २.५ किलोवाट पावरको मोटरसहित ३.२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।
स्कुटरले एक पटकको पूरा चार्जमा १३० किलोमिटर चल्ने कम्पनीको दावी छ। यो स्कुटरको ब्याट्री एक पटक पूरा चार्ज गर्न ५ घन्टा लाग्छ।
यो स्कुटरमा की–लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायत महत्वपूर्ण फिचरहरू समावेश छ।
कम्पनीले टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख १० हजार रूपैयाँ निर्धारण गरेको छ।
कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा टेल्जी लियोपार्डमा २५ हजार रूपैयाँ बराबरको छुट प्रदान गर्ने समेत जनाएको छ। हरेक ग्राहकले लियोपार्डको खरिदमा १५ हजार नगद छुट पाउनेछन् भने १० हजार रूपैयाँ बराबरको सरसामान निःशुल्क पाउने छन्।
एसोसरिजमा ५ हजार बराबरको ब्लुटुथ हेलमेट, पिलियन ब्याक रेस्ट र फुट म्याट प्राप्त गर्नेछन्।
यो स्कुटरमा उच्चस्तरीय प्रिन्टिङ क्वालिटी पीयू ८०० प्रविधिमा प्रिन्ट गरिएको छ। नेपाली बजारमा टेल्जी लियोपार्ड रातो, सेतो र गोल्डेन गरी तीन रङमा उपलब्ध छ।
टेल्जी ब्रान्डको स्कुटर ७७ देशमा बिक्री भइरहेको छ। यो चिनियाँ प्रमुख ३ ठूला उत्पादक कम्पनीमध्येको एक हो। त्यस्तै टेल्जी ब्रान्ड संयुक्त राष्ट्रसंघको इन्भारोंमेन्ट इ–मोबिलिटी प्रोगाम पार्टनर तथा ट्राभल पार्टनर समेत छ।
अहिले नेपालमा भित्र्याएको टेल्जी लियोपार्ड नेपाली भूगोल सुहाउँदो र नयाँ टेक्नोलोजीमा आधारित स्कुटर भएको योमामा मोटर्स प्रालीका निर्देशक सन्जीव शिल्पकारले बताए।
‘आगामी दिनमा पनि ग्राहकको चाहना अनुरूप यस्तै थुप्रै नयाँ उत्पादन ग्राहक माझ भित्र्याउने छौं। हामीले टेल्जी ब्रान्ड स्थापित गर्न बिक्रीमा मात्र ध्यान केन्द्रित नगरी बिक्रीपछिको सेवा पनि त्यत्तिकै महत्वका साथ अघि बढाउँदै जानेछौं,’ उनले भने।
हाल नक्सालमा मात्र शोरूम भए पनि यो वर्ष नेपालभर ८ देखि १० वटा डिलरसिप प्रदान गर्ने उनले बताए।
‘हामीलाई देशका मुख्य सहरबाट डिलरसिप माग्न आउनुभएको छ। उहाँहरूसँग छलफल गरेर डिलरसिप प्रदान गर्छौं,’ शिल्पकारले भने।