विद्युतीय गाडी ‘दिगो’ले आफ्नो ब्राण्ड एम्बेसरडरमा हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई घोषणा गरेको छ। श्रेष्ठ दिगो ब्रान्डका सबै रेन्जका विद्युतीय गाडीको ब्रान्ड दूतको भूमिकामा रहने भएका हुन्।
श्रेष्ठले दिगोसँग साझेदारी गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको बताएका छन्। यो सँगै विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने उनको भनाइ छ।
दिगोका सिइओ हेमन्त पुरानिकले मदनकृष्ण श्रेष्ठलाई दिगो परिवारमा स्वागत गर्न पाउँदा धेरै उत्साहित भएको बताए।
‘हामी नेपालका सबै सहरहरुमा आफ्नो पदचाप विस्तार गर्ने तयारीमा रहेको सन्दर्भमा सबै नेपालीलाई अपिल गर्न सक्ने मदनजीको विशिष्ट दक्षताले उहाँलाई हाम्रो ब्रान्ड प्रस्तुत गर्ने आदर्श व्यक्ति बनाएको छ,’ उनले भने, ‘सफलताका लागि विश्वास’को मान्यता बोक्ने दिगो र मदनकृष्ण श्रेष्ठका थुप्रै विशेषताहरु मिल्छन्। यो सहकार्यका साथ दिगोले नेपाली दर्शकलाई जोड्ने उत्साहपूर्ण यात्रा सुरु गरेको छ।’