नेपालमा दुईपांग्रे सवारी साधनको प्रयोग उच्च छ।
कम मूल्य, ट्राफिक जाम र पार्किङको समस्या लगायतको हिसावले पनि नेपाल जस्तो देशमा दुइपांग्रे सवारी साधनको प्रयोग उच्च हुने गरेको छ।
लकडाउनको कारणले संकटमा परेपनि दुई पांग्रे सवारीसाधन व्यवसाय अहिले विस्तारै तंग्रदै गइरहेको छ।
सामान्यतया सार्वजनिक यातायातमा चढ्नेहरु पनि कोरोना संक्रमणको डरले निजी सवारी साधन किन्न थालेको जानकारहरु बताउँछन्।
नेपालीहरुको आर्थिक क्षमता अनुसार दुईपांग्रे सवारी साधनको माग उच्च छ। नेपालमा लोकप्रिय दुईपांग्रे सवारी साधन मध्य सुजुकी पनि एक हो।
सुजुकिको जिक्सर सिरिज युवा पुस्तामाझ निकै लोकप्रिय भएको सुजुकीको लागि नेपालको आधिकारिक वितरक भिजी अटोमोवाइल्स प्रालीका उपमहाप्रवन्धक धिरज भट्टराईले जानकारी दिए।
‘यो मोटरसाइकल युवा पुस्ताले निकै मन पराएको छ। यसको लुक्स देखि सिट पोजिसनिङ युवाहरुलाई लक्षित छ,’ उनले भने।
हामीले यहाँ जिक्सरका विभिन्न मोडलहरुको मूल्य उल्लेख गरेका छौँ।
- जिक्सर एसएफ २५० मोटो जिपी – ५ लाख १ हजार ९ सय
- जिक्सर एसएफ २५० – ४ लाख ९८ हजार ९ सय
- जिक्सर २५० – ४ लाख ६५ हजार ९ सय
- जिक्सर एसएफ १५० मोटो जिपी – ३ लाख ८१ हजार ९ सय
- जिक्सर एसएफ १५० – ३ लाख ७७ हजार ९ सय
- जिक्सर १५० – ३ लाख २५ हजार ९ सय
- जिक्सर डिटी डिडी – २ लाख ८३ हजार ९ सय