टिभिएस ब्राण्डलाई नेपालमा स्थापित ब्राण्ड बनाउन एनटर्क स्कुटरको ठूलो योगदान छ।
मोटरसाइकलमा अपाचे सिरिज जस्तै स्कुटरमा एनटर्क सिरिज ग्राहकले निकै रुचाएको कम्पनीले बताएको छ।
२०१८ को नाडा अटो शोमा पहिलो पटक नेपाल भित्रिएको एनटर्कले छोटो समयमै चलेका ब्रान्डका स्कुटरलाई पछि पार्दै २०२० मा सर्वाधिक बिक्री हुने स्कुटर बन्न सफल भएको छ।
एनटर्कको लुक्स, प्रफमेन्स, फिचर र पावरको कारण लोकप्रिय बनेको टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले जानकारी दिए।
‘एनटर्कमा युवादेखि पाका मान्छेहरुको लागि अप्सन छ। यो कारणले ग्राहकले रुचाउनु भएको हो,’ उनले भने।
यो स्कुटरले भारतमा स्कुटर अफ दी इयर अवार्ड, अटो कार अवार्ड, वेस्ट कम्प्युटर टू ह्विलर अवार्डजस्ता विभिन्न अवार्ड जित्न सफल भएको छ।
यो ड्रम ब्रेक, डिस्क ब्रेक र रेश एडिशन गरी तीन भेरियन्टमा उपलब्ध छ। १२४.७ सिसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको यो स्कुटरले ९.५ पिएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ।
यो स्कुटरमा ब्लुटुथ कनेक्ट, जिपीएस, टन वाइ टर्न नेभिगेशन, हेल्मेट वार्निङ, कल अर्लट, एमएस अर्लट, लगायतका फिचर्सहरु छन्।
एनटर्कको सिग्नेचर हेड ल्याम्प र टेलिथ एयरक्राफ्ट डिजाइनको टेलल्याम्पले यसलाई स्पोर्टी बनाएको छ।
हामीले यहाँ एनटर्कका विभिन्न भेरिएन्टको मूल्य उल्लेख गरेका छौँ।
टिभिएस एनटर्क १२५ रेस एडिसन – २ लाख ४९ हजार ९ सय
टिभिएस एनटर्क १२५ डिस्क – २ लाख ३७ हजार ९ सय
टिभिएस एनटर्क १२५ ड्रम – २ लाख १४ हजार ९ सय