भारतीय बजारमा ह्यारियरको नामले परिचित टाटा 'एच ५' प्रिमियम एसयूभी हो।
एच५ राम्रा फिचर्स सहितको एसयूभी रुचाउनेको रोजाईमा परेको कम्पनीले जनाएको छ। यो क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिनयुक्त गाडी हो।
६ स्पिड म्यानुअल ट्रान्समिसन एचफाइभले ३७५० आरपिएममा १४० पिएस पावर र १७५०–२५०० आरपिएममा ३०५ एनएम टर्क जेनेरेट गर्छ।
यो गाडी हाल एचफाइभ एक्स इ, एक्स एम, एक्स टी र एक्स जेड गरी ४ वटा भेरियन्टमा उपलब्ध छ।
सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, कर्नर स्ट्याविलिटी कन्ट्रोल, इलेक्ट्रोनिक ट्र्याक्सन कन्ट्रोल लगाएतका फिचर्स छन्।
त्यस्तै यसमा पुस बटन स्टार्ट–स्टप, सेमी डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मल्टीफङ्सन स्टेरिङ, हाइट एड्जस्टेबल ड्राइभर सिट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू छन्।
गाडीको संस्करण अनुसार फिचर्सहरुमा पनि केही परिवर्तन गरिएको छ। ५ सिट क्षमताको एच ५ ग्राउण्ड क्लिवयरेन्स २०५ मिलिमिटर छ भने फुल ट्याङ्क इन्धन क्षमता ५० लिटरको छ। यसको बुट स्पेस ४४२ लिटरको छ र पछाडिको सिट फोल्ड गरेर ८१० लिटरसम्म बनाउन सकिन्छ।
कम्पनीले यसमा ३ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी दिने बताएको छ।
हामीले यहाँ एच ५ का विभिन्न संस्करणहरुको मूल्य उल्लेख गरेका छौं।
मोडल र मूल्य
- एक्सई –५८ लाख ५५ हजार
- एक्सएम –६६लाख ९९ हजार
- एक्सटी –७२ लाख ९९ हजार
- एक्सजेड –७७ लाख ९९ हजार