स्कोडा कारको नेपालको लागि आधिकारिक वितरक प्रिमियम एसयूभी कारोक सार्वजनिक गरेको छ।
स्कोडा कारोक एसयुभी नेपालमा दुई भेरियन्टमा पाइन्छन्। ती हुन्, एम्बिसन र एम्बिसन प्लस।
यी दुवै भेरियन्टमा २.० लिटर, ६ स्पिड अटोमेटिक ट्रान्समिसनसहितको टर्बो चार्ज्ड डिजेल इन्जिन हुनेछ। जसले अधिकतम १०५ किलोवाट र ३२० एनएम टर्क उत्पन्न गर्छ।
नयाँ कारोकको लम्बाइ ४,३८२ एमएम, चौडाइ १,८४१ एमएम र उचाइ १,६२४ एमएम रहेको छ। ठूलो आकारले यात्रुलाई आरामदायी यात्रा दिलाउने कम्पनीले बताएको छ।
त्यसैगरी, यसको ह्विलबेस २,६३८ एमएम छ जसले सडकमा सजिलोसगँ चल्न मद्दत गर्छ। जसको बुट स्पेस ५२१ लिटर छ जुन क्लासमै सबैभन्दा बढी हो र पछिल्ला सिटहरु फोल्ड गरेर यसलाई १,६३० लिटरसम्म बनाउन सकिन्छ।
यसमा अटोमेटिक हेडल्याम्प लेभलिङसहितको एएफएस (एडाप्टिभ फ्रन्ट लाइट सिस्टम) एलईडी हेडल्याम्प, ‘कर्नरिङ फंक्सन’ भएको फगल्याम्प, मौसमअनुसार परिवर्तन हुने हेडल्याम्पले नयाँ कारोकको एक्सटेरियरलाई उत्कृष्ट बनाएको छ।
यसमा ‘बाउन्स ब्याक सिस्टम’सहितको ‘इलेक्ट्रिकल्ली एडजस्टेबल पानोरामिक सनरुफ’ राखिएको छ। जसले इन्टेरियरलाई अझ बढी ‘स्पेसियस’ भएको अनुभव दिलाउँछ। कारोकको पछिल्लो भागमा स्कोडाको टिपिकल ‘सी’ आकारको एलईडी टेललाइट रहेको छ। कारोकको ड्यासबोर्डमा ‘ब्ल्याक लेदर अहोस्ट्री’सहित सिल्भर टच दिइएको छ ।
यसमा ‘प्रोक्सिमिटी सेन्सर’ र २०.३२ सेन्टिमिटरको टच डिस्प्ले छ । त्यसैगरी, भ्वाइस कमान्ड कन्ट्रोल, एसडी कार्ड रिडर, युएसबी पोर्ट र ब्लुटुथ जीएसएम टेलिफोनी र अडियो स्ट्रिमिङ जस्ता सुविधा छन्। साथै विना झन्झट ‘मोबाइल कनेक्टिभिटी’का लागि ‘स्मार्टलिंक’ जडान गरिएको छ।
नयाँ स्कोडा कारोकमा ‘एअर केयर फंक्सन’सहितको ‘इन्टेलिजेन्ट टु जोन क्लाइमेट्रोनिक एअर कन्डिसनिङ सिस्टम’ छ। यसले गर्दा अगाडि र पछाडिका यात्रुलाई छुट्टाछुट्टै तापक्रम कायम गर्न सकिन्छ। साथै, यसमा ‘ह्युमिडिटी सेन्सर’समेत छ, जसले ‘विन्डस्क्रिन’ बाफिलो हुन रोक्छ।
अध्याँरोमा गाडीमा प्रवेश गर्ने सहज बनाउन ‘साइडभ्यु मिरर’मा ‘बोर्डिङ स्पट ल्याम्प’ राखिएको छ। यसका साथै, यसमा ‘क्रुज कन्ट्रोल’ र ‘अटोमेटिक रेन सेन्सिङ वाइपर’ समेत यसमा जडान गरिएको छ।
नेपालमा स्कोडा कारोक एम्बिसनको मूल्य एक करोड १५ लाख रुपैयाँ र कारोक एम्बिसन प्लसको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकिएको छ।