नेपालमा दुईपांग्रे सवारी साधन लोकप्रिय छ।
अझ कोरोना भइरसको महामारीपछि मोटरसाइकल र स्कुटरको माग बढेको व्यापारीहरु बताउँछन्।
सामान्यतया सार्वजनिक यातायातमा यात्रा गर्नेहरुले पनि सामाजिक दुरीको लागि निजी सवारी साधन खरिद गरिरहेका छन्।
नेपालीहरुको आर्थिक अवस्था कम जोर भएकाले चार पांग्रे सवारी साधनमा सबैको पहुँच नहुनाले पनि दुईपांग्रे सवारी साधन लोकप्रिय बनेको हो।
त्यस्तै कम मूल्य, ट्राफिक जाम र पार्किङको समस्या लगायतको हिसाबले पनि नेपाल जस्तो देशमा दुइपांग्रे सवारी साधनको प्रयोग उच्च हुने गरेको छ।
लकडाउनको कारणले संकटमा परेको अटोमोवाइल व्यवसाय अहिले विस्तारै तंग्रदै गइरहेको छ।
अटोमोवाइल व्यवसायमध्ये सबैभन्दा पहिले दुईपांग्रे सवारी साधनको व्यापार छिटो बढ्ने व्यवसायीहरु बताउँछन्।
पछिल्लो समय सिटी राइडको लागि स्कुटर धेरैको रोजाइमा पर्ने गरेको छ।
समग्र होण्डाको दुइपांग्रे सवारी साधनको बिक्रीमा ६० प्रतिशत हिस्सा स्कुटरले ओगटेको होण्डाको लागि नेपालको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका महाप्रवन्धक सोहन श्रेष्ठले जानकारी दिए।
होण्डाले ग्राहकलाई किस्ताबन्दीको सुविधा दिएको छ तर ८० प्रतिशत ग्राहकले नगदमा किन्ने गरेको श्रेष्ठले बताए।
होण्डाका स्कुटरको मूल्य सूची
- एक्टिभा १२५ एसटिडी एलईडी – २ लाख १८ हजार ९ सय
- एक्टिभा १२५ डिएलएक्स एलईडी – २ लाख ३१ हजार ९ सय
- ग्राजिया एसटिडी – २ लाख १९ हजार ९ सय
- ग्राजिया डिएलएक्स – २ लाख ३९ हजार ९ सय
- डियो एलईडी एसटिडी – २ लाख २ हजार ९ सय
- डियो एलईडी डिएलएक्स – २ लाख १२ हजार ९ सय
- डियो एभिएटर एलईडी – २ लाख १५ हजार ९ सय