टाटा मोटर्सको लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुलाई विना धितो गाडी दिने भएको छ।
कम्पनीले टाटा मोटर्स स्वावलम्बी अभियान योजना अन्तर्गत विभिन्न कारण विदेशबाट नेपाल फर्किएका युवाहरुलाई कमर्शियल गाडीहरुको खरिदमा विना धितो ६ प्रतिशत भन्दा कम ब्याजदरमा गाडी उपलब्ध गराउन लागेको हो।
साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
युवा वर्गलाई स्वदेशमै व्यापार/व्यवसाय गर्ने वातावरण मिलाएर आत्मनिर्भर बनाउने उद्देश्यले यस अभियान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।
यो योजनाले युवा जनशक्तिमार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक सम्मृद्धी हासिल हुने कम्पनीको विश्वास छ।
योजनामा सहभागी हुन चाहने ग्राहकले टाटा मोटर्सको सोरुममा गएर विभिन्न जानकारी लिन सक्नेछन्। त्यस्तै ९८०११०७६०० मा फाेन गरेर थप जानकारी लिनसक्ने कम्पनीले जनाएको छ।