लकडाउन पछि दुइपांग्रे सवारीसाधनको माग उच्च छ। कोरोना संक्रमण जोखिम र लकडाउनपछि सरकारले गरेको जोर/बिजोर प्रणालीका कारण दुई पांग्रे सवारी साधन धेरै बिक्री भएको जानकारहरू बताउँछन्।
चार पांग्रे सवारीको तुलनामा सस्तो र स–साना बाटोमा पनि सजिलै चलाउन सकिने भएकाले यसको लोकप्रियता बढेको हो।
नेपालमा चर्चित दुई पांग्रे सवारीसाधनमध्ये ‘हिरो’ पनि एक हो। मध्यम रेन्जको स्कुटर किन्न चाहनेलाई यो राम्रो विकल्प हुन सक्छ। सामान्यतया प्रतिस्पर्धी ब्रान्डका स्कुटरको तुलनामा हिरोका स्कुटर सस्तो छ।
ब्रान्डको हिसाबले पनि चर्चित भएकाले धेरै ग्राहकको रोजाइमा परेको हो। हिरोको स्कुटर दुई लाखभन्दा कममै पाइने कम्पनीले बताएको छ।
यहाँ हिरो स्कुटरको मूल्य उल्लेख गरिएको छ।
प्लेजर १०२ – १ लाख ७६ हजार ५ सय
प्लेजर ११० – १ लाख ८९ हजार
डुएट भिएक्स – १ लाख ९२ हजार
मेस्ट्रो एज – १ लाख ९४ हजार
हिरो डेस्टेनी – २ लाख १० हजार