पछिल्लो समय स्कुटर चलाउनेको सङ्ख्या बढ्दो छ। सार्वजनिक यातायातमा कोभिडको जोखिम हुने भएको कारणले पनि यसको आकर्षण बढेको हो।
त्यस्तै, सहरी क्षेत्रमा सवारी चाप धेरै भएको सडकमा सहज हुने र ट्राफिक जाम छिचोल्न सजिलो हुने भएकोले यसको रोजाइ बढेको जानकारहरु बताउँछन्।
लगभग सबैजसो दुई पांग्रे सवारी साधन निर्माता कम्पनीले सेग्मेन्ट पुरा गर्न स्कुटर निर्माणमा पनि उत्तिकै ध्यान दिइरहेका छन्।
हाल बजारमा सस्तोदेखि महंगा स्कुटरहरु उपलब्ध छन्। प्रिमियम स्कुटरको सेग्मेन्टमा भेष्पा र अप्रिलियाको आफ्नो छुट्टै स्थान छ।
नेपालमा भेष्पा र अप्रिलिया एमभी दुगडले बिक्री वितरण गर्दै आइरहेको छ। हामीले यहाँ भेष्पा र अप्रिलियाका विभिन्न मोडलका स्कुटरहरुको मूल्य उल्लेख गरेका छौं।
अप्रिलिया
स्ट्रोम १२५ – २ लाख ४४ हजार ९ सय
एसआर १२५ – २ लाख ५० हजार ९ सय
एसआर १५० – २ लाख ९१ हजार ९ सय
एसआर १५० रेस – ३ लाख १३ हजार ९ सय
भेष्पा
नोट्टी १२५ – २ लाख ६४ हजार ९ सय ४६
एलएक्स १२५ – २ लाख ६४ हजार ९ सय ४६
भिएक्सएल १२५ – ३ लाख १४ हजार ९ सय ४६
भिएक्सएल १५० – ३ लाख ५७ हजार ९ सय ४६
एसएक्सएल १२५ – ३ लाख २८ हजार ९ सय ४६
एसएक्सएल १५० – ३ लाख ७३ हजार ९ सय ४६
एसएक्सएल मेट १२५ – ३ लाख ३० अजार ९ सय ४६
एसएक्सएल मेट १५० – ३ लाख ७५ हजार ९ सय ४६
एलिगेन्ट १५० – ३ लाख ९५ हजार ९ सय ४६