होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया प्राइभेट लिमिटेडले होन्डा ग्राजियाको १२५ स्पोर्ट एडिसन सार्वजनिक गरेको छ।
कम्पनीले कालो र रातो गरी २ वटा रङ्गमा बजारमा ल्याएको भारतीय संचार माध्यम नवभारत टाइम्सले लेखेको छ।
यसमा १२५ सिसीको इन्जिन दिइएको छ। जसले ६००० आरपिएममा ६.०७ किलोवाट पावर र ५ हजार आरपिएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ।
नयाँ ग्राजियामा १९० मिलिमिटर डिक्स र रेयरमा १३० मिलिमिटरको ड्रमब्रेक रहेको छ। त्यस्तै ५.३ लिटर फ्यूल ट्याङ्क अगाडी मोवाइल चार्जिङ सकेट सहितको ग्लोभ बक्स, १८ लिटरको डिक्की, अलोए ह्विल सहितको ट्यूबलेस टायर, इलइडी हेडल्याम्प लगाएतका विशेषता छन्।
पछिल्लो २० वर्ष होन्डाले स्कुटर बजारलाई नयाँ आयाम दिएको होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अत्सुशी ओगाताले बताए।
‘हामीले प्रिमियम स्कुटर सेग्मेन्टलाई अझै राम्रो बनाएर यो क्याटोगोरीमा सबैभन्दा आधुनिजिक स्कुटर ग्राया सार्वजनिक गर्दैछौं,’ उनले भने।
कम्पनीले भारतमा यसको मूल्य भारु ८२ हजार ५ सय ६४ निर्धारण गरेको छ।