विद्युतीय सवारीसाधन कम्पनी ‘सुपर सोको’का बाइक र स्कुटर नेपाली बजारमा सार्वजनिक भएका छन्। नेपालका लागि आधिकारिक वितरक कम्पनी डी–लाइफस्टाइल्सले सुपर सोकोका दुई पांग्रे सवारीसाधन बजारमा भित्र्याएको हो।
डी–लाइफस्टाइल्सले यसअघि भेष्पा र अप्रिलियाका दुई पांग्रे सवारीसाधन बिक्रीवितरण गर्थ्यो।
डी–लाइफस्टाइल्सले सुपर सोकोका एकै साथ विद्युतीय दुई पांग्रेका पाँच वटा मोडल बजारमा ल्याएको हो। तीमध्ये स्कुटरका ‘सियुएक्स’ र ‘सिपिएक्स’ गरी दुई र बाइकका ‘टिएसएक्स’, ‘टिसी’ र ‘टिसिम्याक्स’ गरी तीन मोडल छन्।
यी साधनको मुख्य विशेषता स्टार्ट गर्न साँचोको आवश्यकता पर्दैन। बटन थिचेर स्टार्ट गर्न सकिन्छ। यसमा भएको 'एन्टिथिभ्स' फिचरका कारण सवारी लक गरेपछि कतै सार्न सकिँदैन। त्यसले साधन चोरी हुनबाट बचाउने कम्पनीको भनाइ छ।
कम्पनीले यी दुई पांग्रेमा ३ वर्षको वारेन्टी दिएको छ।
यस्ता छन् मोडलअनुसार मुख्य विशेषता र मूल्य ः
सियुएक्स इलेक्ट्रिक स्कुटर
- १ सय १० सिसी क्षमता
- ब्याट्री क्षमता ६० भोल्ट, ३० एच
- टप स्पिड ७५ किमी
- रङहरूः खरानी, सेतो र रातो
- मूल्य २ लाख ३९ हजार ९ सय रूपैयाँ।
त्यस्तै यही मोडलका लक्जरी रङ गोल्ड, म्याट ब्ल्याक र ब्लुको मूल्य २ लाख ४९ हजार ९ सय रूपैयाँ तोकिएको छ।
सिपिएक्स इलेक्ट्रिक स्कुटर
- १ सय ५० सिसी क्षमता
- ४ हजार वाट ब्याट्री क्षमता
- डबल डिस्क ब्रेक
- टप स्पिड ९० किमी
- स्कुटरमा भएको रिभर्स बटनले स्कुटरलाई पछाडि सजिलै तान्न सकिने
- सिंगल र डबल दुइटा ब्याट्रीमा पाइने
- ब्याट्रीअनुसार मूल्य ४ लाख ५९ हजार ९ सय र ५ लाख ८९ हजार ९ सय रूपैयाँ
टिएसएक्स इलेक्ट्रिक मोटरसाइकल
- १ सय २५ सिसी क्षमता
- ३ हजार वाट ब्याट्री
- डबल डिस्क ब्रेक
- टप स्पिड ८० किमी
- सिंगल र डबल दुइटा ब्याट्रीमा पाइने
- ब्याट्रीअनुसार मूल्य २ लाख ८५ हजार ९ सय र ३ लाख ६९ हजार ९ सय रूपैयाँ
टिसी इलेक्ट्रिक मोटरसाइकल
- १ सय २५ सिसी क्षमता
- ३ हजार वाट ब्याट्री
- टप स्पिड ८० किमी
- सिंगल र डबल दुइवटा ब्याट्रीमा पाइने
- ब्याट्रीअनुसार मूल्य २ लाख ८९ हजार ९ सय र ३ लाख ७५ हजार ९ सय रूपैयाँ
टिसिम्याक्स इलेक्ट्रिक मोटरसाइकल
- १ सय ६० सिसी क्षमता
- ५ हजार वाट ब्याट्री
- टप स्पिड ११० किमी
- डबल डिस्क ब्रेक
- आलुमिनियम ह्विल्स र स्पोक ह्विल्स गरी दुई रङमा
- मूल्य ४ लाख ८९ हजार ९ सय रूपैयाँ।