इटहरीमा किया र इसुजुको सुविधा सम्पन्न शोरुम खुलेको छ।
किया र इसुजुको नेपालको लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङले ओमसाइ मोटो कर्पलाई इटहरीमा डिलरको अनुमति दिएको हो।
ओम साई मोटो कर्पले विगत ३ वर्षदेखि अटोमोवाइल क्षेत्रमा काम गरिरहेको छ। कम्पनीले अबको केही महिनामै दुवै गाडीको सर्भिस सेन्टर बनाउन लागेको कम्पनीका प्रवन्ध निर्देशक पारशमणी गेलालले जानकारी दिए।
ग्राहकको सुविधाको लागि ओम साई मोटो कर्पले सहज फाइन्यान्सिङ, विशेष नगद छुट र एक्सचेन्जको समेत व्यवस्था गरेको गेलालले बताए।