नेपालमा पाइने इन्ट्री लेबल गाडीमध्ये क्विड पनि एक हो।
बजारमा आएदेखि नै राम्रो सेल्स भइरहेको क्विडको फेसलिफ्ट संस्करण आएपछि ग्राहकहरुले झनै रुचाएको नेपालको लागि रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोवाइल प्रालीका महाप्रवन्धक अधिर श्रेष्ठले जानकारी दिए।
‘क्विडको फेसलिफ्टमा धेरै फिचर्स थपिएको छ। गाडीको आकार पनि ठूलो भएको छ। त्यसैले अहिले सेल्स पनि राम्रो छ,’ उनले भने।
९ सय ९९ सिसीको पेट्रोल इन्जिन भएको यस गाडीले ५ हजार ५ सय आरपिएममा ६८ पिएस पावर र ४ हजार २ सय ५० आरपिएममा ९१ एनएम टर्क जेनेरेट गर्छ।
सेफ्टीको लागि यसमा डुअल एयरव्याग, रेयर पार्किङ क्यामरा, रेयर पार्किङ सेन्सर, इन्जिन इमोविलाइजर, हाइट माउन्टेड स्टप ल्याम्प, रिमोट कि लेस इन्ट्री विथ सेन्ट्रल लकिङ, एबिएस विथ इबिडी लगायतका फिचर्स समावेस छन्।
यससँगै इलेक्ट्रीक पावर स्टेरिङ, एयर कन्डिसनर, हिटर, अल पावर विन्डो, ट्राफिक एसिस्ट कन्ट्रोल, रेयर सिट आर्मरेस्ट, गल्लोभ बक्स फिचर्स छन्।
यो गाडीको ग्राउन्ड क्लियरेन्स १८४ मिलिमिटर छ भने सामान राख्नको लागि बुट स्पेस पनि ठूलो बनाइएको छ।
हामीले यहाँ क्विडका विभिन्न भेरिएन्टको मूल्य उल्लेख गरेका छौं।
- ‘ओ’ (एमटी) – २४ लाख ९९ हजार
- ‘ओ’ (एएमटी) – २६ लाख ४९ हजार
- ‘ओ’ (एमटी) क्लाइम्बर – २५ लाख ९९ हजार