रेनोले भारतमा नयाँ एसयूभी किगर सार्वजनिक गरेको छ। यसलाई फ्रान्स र भारतको कर्पोरेट डिजाइन टिमले तयार पारेको हो।
पहिले भारतमा सार्वजनिक हुने रेनो ग्रुपको यो तेस्रो ग्लोबल गाडी भएको भारतीय संचार माध्यम जिबिजीले जनाएको छ।
रेनो किगर ६ वटा रङ्गमा उपलब्ध छ। यसमा १.० लिटरको इन्जिन छ, जसले ९९ बिपिएच पावर र १६० एनएम टर्क जेनेरेट गर्छ।
किगरमा ५ स्पिड म्यानुअल ट्रान्समिसन र अटोम्याटिक ट्रान्समिसनको विकल्प छन्। यसमा मल्टी ड्राइभ मोड फिचर छ, जसको मद्दतले इको, नर्मल र स्पोर्ट मोडमा गाडी चलाउन सकिन्छ।
गाडी भित्र वायरलेस स्मार्टफोन चार्जर, वायरलेस स्मार्टफोन रेप्लीकेशन, एयर फिल्टर, एप्पल कार प्ले र एन्ड्रोइड अटोलाई सर्पोट गर्ने २०.३२ सेनमिटरको फ्लोटिङ टच स्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्च इन्ट्रुमेन्ट क्लस्टर, फ्लोटिङ रुफटप, ३ डी साउन्ड सिस्टम, स्टेरिङ माउन्टेड कन्ट्रोल, कि लेस इन्ट्री, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्जिनेशन लगायतका फिचर्स छन्।
किगरमा २०५ मिलिमिटरको ग्राउण्ड क्लियरेन्स, क्रोम फ्रन्ट ग्रिल, एलइडी डे टाइम रनिङ लाइट, प्योर भिजन एलइडी हेडल्याम्प, सि सेप सिग्नेचर एलइडी टेल ल्याम्प, डायमन्ड कट अलोय ह्विल, लगायतका विशेषता छन्।
कम्पनीले भारतमा यसको मूल्य ५ लाख ५० हजारदेखि ९ लाख ५० हजार निर्धारण गरेको छ।