केही समयअघि नेपाल भित्रिएको एफआई इन्जिन सहितको यामाहाको 'रे-जेड-आर १२५ एफआई' र 'रे-जेड-आर स्ट्रिट र्याली १२५ एफआई' फिचर्सका कारणले चर्चित छ।
यसको मुख्य फिचर्स एफआई टेक्नोलोजीले इन्जिनमा आवश्यक मात्रामा इन्धन पुर्याएर स्कुटरको माइलेज बढाउने यामाहाका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजका सेल्स एक्जुकेटिभ अनुप महर्जनले जानकारी दिए।
१२५ सिसीको यो स्कुटरले ६ हजार ५ सय आरपिएममा ८.२ पिएस पावर र ५ हजार आरपिएममा ९.७ एनएम टर्क जेनेरेट गर्छ।
रे-जेड-आर स्ट्रिट र्यालीमा भएको नकल गार्डले यसलाई बोल्ड देखाउँछ र रे-जेड-आरको भन्दा टायरको ग्रिप राम्रो छ। यी दुवै मोडलका स्कुटरका अरू फिचर्स भने उस्तै भएको उनले जानकारी दिए।
यो स्कुटर माइनस १५ डिग्रीसम्म पनि स्टार्ट हुने हुँदा जाडो महिनामा अरु स्कुटरको जस्तो समस्या नपर्ने उनले बताए। यो जम्मा ९९ केजी र एफआई टेक्नोलोजी भएकोले माइलेज प्रतिलिटर ४५ देखि ५० किलोमिटर दिने कम्पनीको दावी छ।
सुरक्षाका लागि साइड स्ट्याण्ड लगाएको अवस्थामा स्टार्ट हुँदैन। यसले पनि सम्भावित दुर्घटना टार्ने कम्पनीको विस्वास छ।
यसमा अटोम्याटिक र म्यानुअल अप्सन छ। अटोम्याटिक मोडमा हिँड्दा कतै जाम परेर रोकियो भने इन्जिन बन्द हुन्छ र जाम खुलेपछि स्टार्ट बटन नदबाई एक्सिलेटर लिएपछि गुड्न थाल्छ।
त्यस्तै अगाडिबाटै चावी घुमाएर यसको डिक्की खोल्न सकिन्छ। डिक्कीको स्पेस राम्रो छ भने डिक्कीमा मोबाइल चार्ज गर्न मिल्छ।
यसमा ५.२ लिटरको फ्यूल ट्यांक र माइलेज पनि राम्रो भएकोले छोटो समयमा इन्धन भर्ने झण्झट मुक्त हुने महर्जनले बताए।
यो स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम छ, यसले एउटा ब्रेक समाउँदा दुईवटै लाग्ने उनले बताए।
कम्पनीले रे-जेड-आरको मूल्य २ लाख ५१ हजार ९ सय र रे-जेड-आर स्ट्रिट र्यालीको २ लाख ६१ हजार ९ सय निर्धारण गरेको छ। कम्पनीले यी स्कुटरमा ५ वटा फ्रि सर्भिसिङ इन्जिनमा २ वर्षको वारेन्टी, ब्याट्रीमा १ वर्षको वारेन्टी दिएको छ।