सवारी साधन निर्माता कम्पनी टाटा मोटर्सले जनवरी महिनामा बम्पर ब्यापार गरेको छ।
कम्पनीको सेल्स रिपोर्ट अनुसार २०२१ को जनवरीमा टाटाको कुल २६ हजार ९ सय ७८ सवारी साधन विक्री भएको छ।
२०२० को जनवरीमा कुल १३ हजार ८ सय ९४ युनिट मात्र विक्री भएको थियो।
यो आकडा अनुसार गतवर्षको तुलनामा यो वर्ष टाटाको सेल्स ९४ प्रतिशत बढेको छ।
जनवरीमा भएको विक्रीलाई २०२० को डिसेम्बरसगँ तुलना गर्दा पनि १५ प्रतिशत सेल्स बढेको भारतीय संचार माध्यम नवभारत टाइम्सले जनाएको छ।
डिसेम्बरमा २३ हजार ५ सय ४५ युनिट सवारी साधन विक्री भएको थियो।
भारतीय बजारको मात्रै कुरा गर्दा सेल्स २८ प्रतिशत बढेको छ।
जनवरीमा टाटाका कर्मशियल र प्यासेन्जर भेइकल गरेर कुल ५७ हजार ७ सय ४२ वटा गाडी विक्री भएको छ।
गत वर्षको जनवरीमा ४५ हजार २ सय ४२ वटा मात्रै विक्री भएको थियो।